उत्तर कोरियाले बनायो दुईतले युरेनियम प्रशोधन केन्द्र
ratopati.com · Thu Sep 10 04:07:02 GMT 2026

प्योङयाङ । उत्तर कोरियाले आफ्नो मुख्य आणविक केन्द्र योङब्योनमा दुईतले नयाँ युरेनियम प्रशोधन तथा संवर्धन केन्द्र निर्माण गरेको छ । अन्तर्राष्ट्रिय आणविक निगरानी संस्था अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए)का प्रमुख राफेल ग्रोसीले यसलाई गम्भीर चिन्ताको विषय बताएका छन् ।
आईएईएका अनुसार नयाँ भवनमा युरेनियम संवर्धनका लागि प्रयोग हुने २८ वटासम्म सेन्ट्रिफ्युज प्रणाली राख्न सकिने क्षमता छ । यसैगरी, राजधानी प्योङयाङनजिकैको काङ्सोनस्थित अर्को युरेनियम संवर्धन केन्द्रको विस्तारित भागमा पनि यसै वर्ष जनवरीदेखि सञ्चालन सुरु भएको संकेत भेटिएको एजेन्सीले जनाएको छ ।
Read full story at source (ratopati.com)