अधिकारकर्मीहरूले भने- गृहमन्त्री गुरुङले पत्रकारविरुद्धको अभिव्यक्तिप्रति माफी माग्नुपर्छ
onlinekhabar.com · Thu Sep 10 04:34:01 GMT 2026

२४ भदौ, काठमाडौं । गृहमन्त्री सुधन गुरुङले पत्रकारहरूविरुद्ध धम्कीपूर्ण अभिव्यक्ति दिएको भन्दै मानव अधिकारकर्मी, वरिष्ठ कानुन व्यवसायी तथा नागरिक अभियन्ताहरूले कडा आपत्ति जनाएका छन्। उनीहरूले गृहमन्त्री गुरुङलाई आफ्ना आपत्तिजनक शब्द फिर्ता लिँदै सार्वजनिक रूपमा माफी माग्न माग गरेका छन्।
राष्ट्रिय मानव अधिकार आयोगका पूर्वआयुक्त सुशील प्याकुरेल, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, मानव अधिकारकर्मी सुबोध प्याकुरेल, शोभाकर बुढाथोकी, सोम निरौला, महिला अधिकारकर्मी श्यामकुमारी साह र युवा अभियन्ता अभिषेक अधिकारीले संयुक्त वक्तव्य जारी गर्दै गृहमन्त्रीको अभिव्यक्तिको विरोध गरेका हुन्।
Read full story at source (onlinekhabar.com)