कृष्णभीरको पहिरोले हेटौँडा–काठमाडौँ सडकमा चाप [तस्बिरहरू]
hamrakura.com · Thu Sep 10 00:00:00 GMT 2026

काठमाडौँ । कृष्णभीरमा खसेको पहिरोले पृथ्वी राजमार्ग १० दिनदेखि अवरुद्ध हुँदा हेटौंडा– काठमाडौँ सडकमा सवारीको चाप परेको छ। मुख्य सडकबाट आवागमन हुन नसकेपछि काठमाडौँ आउने तथा काठमाडौँबाट बाहिरिने सवारीसाधन वैकल्पिक मार्गतर्फ मोडिँदा हेटौंडा– काठमाडौँ सडकमा पछिल्लो एक सातादेखि सवारी चाप अत्यधिक बढेको छ ।
सवारीको चाप बढेपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरले भदौ १६ गतेदेखि साना–ठूला सवारीलाई काठमाडौँ–हेटौँडा आवतजावत गर्न छुट्टाछुट्टै रूट तोकेको छ । १० चक्कासम्मका मालवाहक सवारीसाधन काठमाडौँतर्फ आउन त्रिभुवन राजपथ र फर्कंदा कान्ति राजमार्ग प्रयोग भइरहेको छ ।
Read full story at source (hamrakura.com)