नारायणगढ–हेटौंडा सडक विस्तार योजना : फ्लाइओभर र नयाँ पुल निर्माण हुने
kendrabindu.com · Thu Sep 10 04:45:26 GMT 2026

काठमाडौं । नारायणगढ–हेटौंडा सडक खण्ड विस्तारका लागि ठेक्का आह्वान गरिएको छ। हेटौंडाको राप्ती पुलबाट चितवन भरतपुरको गोन्द्राङसम्म ७० किलोमिटरमा सडक स्तरोन्नति गर्ने गरी ठेक्का खुलाइएको हो। यसका लागि पहिलो प्याकेजमा मकवानपुरभित्र पर्ने ४० किमि खण्ड राखिएको छ।
मकवानपुरदेखि चितवनको टिकौलीसम्मको २६ किमिलाई दोस्रो र टिकौलीदेखि गोन्द्राङसम्मको चार किमिलाई तेस्रो प्याकेजमा राखिएको छ। चितवनको टिकौली जंगलमा भने दुई किमि लामो फ्लाइओभर निर्माण गरिनेछ। यति लामो फ्लाइओभर पहिलो पटक संरक्षित क्षेत्रभित्र निर्माण गर्न लागिएको सडक आयोजना निर्देशनालय (एडीबी) का आयोजना निर्देशक चूडाराज ढकालले बताए। वन्यजन्तुलाई ध्यानमा राखेर फ्लाइओभर निर्माण गर्न लागिएको हो।
Read full story at source (kendrabindu.com)