माथिल्लो त्रिशूली–३ बी आयोजनाका ४४ जना अझै सम्पर्कविहीन
nagariknews.nagariknetwork.com · Fri Aug 28 14:49:59 GMT 2026

भोटेकोशीमा आएको विनाशकारी बाढीले नुवाकोटको किस्पाङ गाउँपालिका–५, सिरुपानीस्थित माथिल्लो त्रिशूली–३ बी जलविद्युत् आयोजनाको कार्यालय तथा निर्माणस्थल बगाएपछि आयोजनामा कार्यरत कर्मचारी, परिवारका सदस्य तथा अन्य व्यक्ति सम्पर्कविहीन भएका छन्।
त्रिशूली जलविद्युत् कम्पनी लिमिटेडले शुक्रबार सार्वजनिक गरेको विवरणअनुसार बाढीपछि आयोजनामा कार्यरत कर्मचारी तथा उनीहरूका परिवार, निर्माण व्यवसायीका कामदार, परामर्शदाता, सुरक्षा गार्ड र इन्टर्नसहित २१३ जना सम्पर्कविहीन भएका थिए। तीमध्ये केही सम्पर्कमा आइसकेका छन् भने ठूलो संख्या अझै सम्पर्कविहीन रहेको कम्पनीले जनाएको छ।
Read full story at source (nagariknews.nagariknetwork.com)