ओमानविरुद्ध नेपालको चलेन ब्याट, दीपेन्द्रको अर्धशतकका बाबजुत पनि १४७ रनमा अलआउट
himalpress.com · Thu Sep 10 04:51:29 GMT 2026
काठमाडौँ- एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा ओमानविरुद्ध नेपालले कमजेर ब्याटिङ प्रदर्शन गरेको छ। खेल मलेसियाको क्वालालम्पुरस्थित वायुमास क्रिकेट ओभलमा टस हारेर ब्याटिङ गरेको नेपालले ४५ दशमलव ४ ओभरमा सबै विकेटर गुमाएर १४७ रन मात्र बनाउन सफल भयो। नेपालका लागि माथिल्लो तहको ब्याटिङ चल्नै सकेन।
अलराउन्डर दीपेन्द्र सिंह एरीले अर्धशतक बनाउँदा बसिर अहमदले ४७ रनको आश लाग्दो पारी खेले। अन्य कुनै ब्याटरले उल्लेखीय प्रदर्शन गर्न सकेनन्। ओपनरको भूमिकामा आएका देव खनाल १३ रनमा आउट भए भने अर्का ओपनर आसिफ सेख पनि ११ रनमा बाहिरिए।
Read full story at source (himalpress.com)