जेलेन्स्कीको विमान नजिकबाट गयो रुसी ड्रोन
ratopati.com · Thu Sep 10 04:55:47 GMT 2026

किशिनाउ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की सवार विमान मोल्दोभाबाट नर्वेको राजधानी ओस्लोतर्फ उड्ने क्रममा थोरैले रुसी ड्रोनको निशानामा पर्नबाट जोगिएको नर्वेका प्रधानमन्त्री जोनास गार स्टोरेले बताएका छन् । जेलेन्स्कीको विमान मोल्दोभाबाट उड्ने क्रममा ड्रोनसँग लगभग ठोक्किन पुगेको बुधबार नर्वेको सरकारी प्रसारक एनआरकेसँग कुरा गर्दै स्टोरेले बताएका हुन् । ड्रोन विमानबाट कति नजिक थियो वा आफूले उक्त जानकारी कहाँबाट प्राप्त गरेको भन्ने कुरा चाहिँ उनले खुलाएनन् ।
पछि मोल्दोभा सरकारका प्रवक्ताले पनि घटनाको पुष्टि गर्दै उक्त घटना मंगलबार विमान उड्नुअघि भएको र त्यसमा रुसी ड्रोन संलग्न रहेको बताएका थिए । मोल्दोभाको हवाई क्षेत्रमा ड्रोन प्रवेश गरेको सूचना पाएपछि सुरक्षाका लागि हवाई क्षेत्र बन्द गरिएको थियो । त्यसका कारण जेलेन्स्की सवार विमानको उडानसमेत केही समय रोकिएको थियो । ड्रोन मोल्दोभाको भूभागमा खसेको पुष्टि भएपछि मात्रै विमानलाई उडानको अनुमति दिइएको थियो ।
Read full story at source (ratopati.com)