मध्यावधि चुनावपछि मात्रै इरान युद्ध सकिन्छ : ट्रम्प
reportersnepal.com · Thu Sep 10 04:58:32 GMT 2026

वाशिङटन डीसी । इरानसँग जारी युद्ध आगामी नोभेम्बरमा हुने अमेरिकी मध्यावधि निर्वाचनपछि मात्रै अन्त्य हुने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन् । निर्वाचन सकिएलगत्तै युद्ध अन्त्य हुने र त्यसपछि तेलको मूल्य पनि तीव्र रूपमा घट्ने दाबी उनले गरेका छन् ।
बुधबार टेक्सासतर्फ जाने क्रममा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले तेहरानले लामो समयसम्म युद्ध धान्न नसक्ने दाबी गरे । उनले भने, ‘निर्वाचनलगत्तै युद्ध अन्त्य हुनेछ, किनभने त्यसबेलासम्म इरानले धान्न सक्ने अवस्था रहने छैन,’ । ट्रम्पका अनुसार अहिले बढिरहेको तेलको मूल्य पनि मध्यावधि निर्वाचनअघि घट्ने सम्भावना कम छ । पछिल्लो समय पश्चिम एशियामा युद्ध चर्किएपछि बुधबार कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० डलर पुगेको थियो । यो जुलाईपछि पहिलोपटक तेलको मूल्य १०० डलर पुगेको हो ।
Read full story at source (reportersnepal.com)