इरानसँगको युद्ध मध्यावधि चुनावपछि मात्र अन्त्य हुन्छ : ट्रम्प
nepalnews.com · Thu Sep 10 05:02:40 GMT 2026

वाशिङटन डीसी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी युद्ध आगामी नोभेम्बरमा हुने अमेरिकी मध्यावधि निर्वाचनपछि मात्र अन्त्य हुने बताएका छन्।
टेक्सासतर्फ जाने क्रममा बुधबार पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले निर्वाचन सकिएलगत्तै युद्ध अन्त्य हुने र त्यसपछि कच्चा तेलको मूल्य पनि तीव्र रूपमा घट्ने दाबी गरे। पछिल्लो समय पश्चिम एशियामा युद्ध चर्किएपछि बुधबार कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० डलर पुगेको छ। यो जुलाई महिनायताकै उच्च मूल्य हो।
Read full story at source (nepalnews.com)