आगामी बजेटमा श्रमिकका मुद्दालाई सम्बोधन गर्न माग, १३ बुँदे सुझाव पेस
kendrabindu.com · Mon May 25 10:23:56 GMT 2026

काठमाडौं । नेपाल ट्रेड युनियन कांग्रेसले सरकारले आगामी आ.व. २०८३/८४ का लागि ल्याउन लागेको बजेटमा श्रमिक क्षेत्रका मुद्दालाई सम्बोधन गर्न आग्रह गरेको छ ।
ट्रेड युनियन कांग्रेसका अध्यक्ष योगेन्द्र बहादुर कुँवरले अर्थ मन्त्रालयलाई १३ बुँदे सुझाव प्रेसित गर्दै श्रमिक क्षेत्रका मुद्दालाई विशेष सम्बोधन गर्न आग्रह गरेका हुन् । अनौपचारिक क्षेत्रका श्रमिकलाई समेत समेट्ने गरी सरकारले अनौपचारिक र स्वरोजगार क्षेत्र सामाजिक सुरक्षा योजना संचालन कार्यविधि २०७९ जारी गरेतापनि यस क्षेत्रका श्रमिकको पहिचान हुनेगरी पञ्जीकरण हुन नसकेको तथा श्रमिकको कुनै निश्चित् रोजगारदाता नहुने भएका कारण हालसम्म अत्यन्त न्यून संख्यामा मात्र यस क्षेत्रका श्रमिकहरु सामाजिक सुरक्षा योजनामा समावेश भएका छन् ।
Read full story at source (kendrabindu.com)