भोटेकोशी बाढीको आर्थिक असर व्यापक, पर्यटनदेखि विद्युत् निर्यातसम्म प्रभावित
aarthiknews.com

काठमाडौँ। भोटेकोशी बाढीले मानवीय र भौतिक क्षतिसँगै नेपालको विदेशी मुद्रा आम्दानीका दुई महत्वपूर्ण आधार पर्यटन र विद्युत् निर्यातमा समेत धक्का दिएको छ। बाढी प्रभावित क्षेत्रको नकारात्मक समाचार र सडक तथा पूर्वाधारमा भएको क्षतिले देशका अन्य सुरक्षित पर्यटकीय गन्तव्यको बुकिङसमेत प्रभावित हुन थालेको छ भने जलविद्युत् आयोजना र प्रसारण संरचनामा क्षति पुग्दा विद्युत् निर्यात घटेको छ।
शरद् ऋतुको मुख्य पर्यटकीय सिजनमा नेपाल आउने पर्यटकको बुकिङमा ठूलो कमी आउन सक्ने र केही व्यवसायीले करिब ३० प्रतिशतसम्म बुकिङ रद्द हुने जोखिम औंल्याएका छन्। नेपालको सेवा निर्यातमा यात्रा तथा पर्यटनको हिस्सा करिब ३८ प्रतिशत रहेको रिपोर्टमा उल्लेख छ।
Read full story at source (aarthiknews.com)