प्रधानमन्त्रीको अभिव्यक्ति र गृहमन्त्रीको सफाइबारे जवाफ चाहियो - सांसद केरुङ
nepalviews.com · Thu Jun 18 06:03:23 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका सांसद नरेन्द्र कुमार केरुङले प्रधानमन्त्रीले प्रतिनिधिसभामा व्यक्त गरेका राष्ट्रियता र सीमा सम्बन्धी अभिव्यक्तिबारे स्पष्ट प्रमाण प्रस्तुत गर्न सरकारसँग माग गरेका छन् ।
बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद केरुङले संसदको गरिमा र मर्यादासँग जोडिएका विभिन्न विषयमा आफूहरूले चरणबद्ध रूपमा सरकार र सदनको ध्यानाकर्षण गराउँदै आएको बताए । उनले प्रधानमन्त्रीले यसअघि संसद्मा व्यक्त गरेका राष्ट्रियता तथा सीमा सम्बन्धी विषय अहिले सर्वसाधारण नागरिकमा चासो र चिन्ताको विषय बनेको उल्लेख गरे ।
Read full story at source (nepalviews.com)