नारायणी नदिमा हाम फालेका व्यक्तिको सकुशल उद्धार
newsofnepal.com · Thu Jun 18 06:06:40 GMT 2026

काठमाडौं ।
पूर्वी नवलपरासी जिल्लाको गैडाकोट नगरपालिका–२ स्थित नारायणी नदिमा हाम फालेका एक बृद्धको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ । सोही जिल्लाको देवचुली नगरपालिका–११ धारापानी बस्ने ६२ वर्षिय झनक प्रसाद पौडेल असार ४ गते बिहान उक्त नदिमा हाम फालेका थिए । सो लगत्तै सशस्त्र प्रहरी बल नेपाल नं. ३१ गुल्म पूर्वी नवलपरासीबाट खटिएको टोलीले उनलाई मोटर बोटको सहयोगमा सकुशल उद्धार गरेको हो ।
Read full story at source (newsofnepal.com)