सिगासमा भीरबाट लडेर किशोरको मृत्यु, युवक गम्भीर घाइते
gorkhapatraonline.com · Thu Sep 10 05:18:49 GMT 2026

बैतडीको सिगास गाउँपालिकामा भीरबाट लडेर एक किशोरको मृत्यु भएको छ भने एक युवक गम्भीर घाइते भएका छन्।
सिगास गाउँपालिका–९, चौखाम चौपाता घर भएका अन्दाजी १७ वर्षीय अनिल विकको सेकुनाडी भीरबाट लडेर मृत्यु भएको हो। बझाङको देउलेकबाट सामान लिएर घर फर्किने क्रममा बुधबार साँझ करिब ७ बजे भीरबाट लडेर करिब डेढ सय मिटर तल खसेका विकको घटनास्थलमै मृत्यु भएको वडाध्यक्ष कृष्ण धामीले बताउनुभयो।
Read full story at source (gorkhapatraonline.com)