रसुवागढी र तातोपानी बन्द भएपछि कोरला नाकामा चाप, दैनिक ५० बढी कन्टेनर
bishowkhabar.com · Thu Sep 10 05:28:03 GMT 2026

काठमाडौं– रसुवागढी र तातोपानी नाका बन्द भएपछि नेपाल–चीन उत्तरी कोरला नाका मुख्य आयात–निर्यात मार्गका रूपमा चलायमान बनेको छ । चीनबाट आउने मालवस्तु र विद्युतीय सवारीका कन्टेनरको चाप बढेसँगै कोरला नाकामा भन्सार गतिविधिसमेत तीव्र भएको छ ।
मुस्ताङ भन्सार कार्यालयका प्रमुख विदुर चुडालका अनुसार रसुवागढी नाकामा रोकिएका १७६ वटा मालवाहक कन्टेनर कोरला नाकातर्फ पठाइँदै छन् । तीमध्ये केही कोरला पुगिसकेका छन् भने बाँकी बुधबारसम्म आइपुग्नेछन् ।
Read full story at source (bishowkhabar.com)