झापामा भएका छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको ज्यान गयो
Ujyaaloonline.com · Mon Oct 14 01:27:56 UTC 2024

काठमाण्डौ – झापामा हिजो भएका छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको ज्यान गएको छ । दुई घाइते भएका छन् । कमल गाउँपालिकामा दुई जना तथा मेचीनगर नगरपालिकामा एक जनाको ज्यान गएको प्रहरीले जनाएको छ ।
पूर्व–पश्चिम लोकमार्गअन्तर्गत मेचीनगर–७ मा प्रदेश नम्बर १–०१–०१७ प ७४४ नम्बरको मोटरसाइकलले साइकललाई ठक्कर दिँदा साइकल यात्री मेचीनगर–७ का ५० वर्षीय विगेन राजवंशीको ज्यान गएको प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिनुभयो ।
Read full story at source (Ujyaaloonline.com)