रसुवा बाढीपीडितका लागि कालीमाटीका व्यवसायीले गरे साढे ८ लाख सहयोग
kendrabindu.com · Thu Sep 10 05:30:28 GMT 2026

काठमाडौं । रसुवा बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि कालीमाटी तरकारी तथा फलफूल थोक बजार संयुक्त व्यवसायीले साढे ८ लाख रुपैयाँभन्दा बढी सहयोग गरेका छन्।
व्यवसायीहरूले कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीलाई ८ लाख ५४ हजार ३ सय रुपैयाँ सहयोग रकम हस्तान्तरण गरेका हुन्। बाढी प्रभावित परिवारको राहत तथा पुनःस्थापना कार्यमा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम प्रदान गरिएको व्यवसायीहरूले बताएका छन्।
Read full story at source (kendrabindu.com)