उद्धार-राहतका लागि भारत र चीनसँग समन्वय भइरहेको छ: प्रधानमन्त्री शाह
kendrabindu.com · Fri Aug 28 14:57:54 GMT 2026

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले विपद् व्यवस्थापनका क्रममा नेपालले विदेशी सहयोग लिन अस्वीकार गरेको भन्ने प्रचार सत्य नभएको स्पष्ट पारेका छन् । उनले उद्धार तथा राहतका लागि आवश्यक सहयोग जुटाउन छिमेकी मुलुक तथा अन्तर्राष्ट्रिय साझेदारसँग निरन्तर सम्पर्क र समन्वय भइरहेको बताएका छन् ।
शुक्रबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै प्रधानमन्त्री शाहले भारत, चीनलगायत अन्तर्राष्ट्रिय साझेदारसँग उद्धार र राहतका लागि आवश्यक सामग्री तथा अन्य सहयोगका विषयमा छलफल भइरहेको जानकारी दिएका हुन् ।
Read full story at source (kendrabindu.com)