दुर्गा प्रसाईँविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दर्ता
barnanmedia.com · Mon May 25 10:58:27 GMT 2026

काठमाडौं । विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध जिल्ला अदालत पर्सामा साइबर अपराध तथा राज्यविरुद्धको कसुरसम्बन्धी मुद्दा दर्ता भएको छ । पर्सा प्रहरीले दिएको जानकारीअनुसार प्रसाईंमाथि विद्युतीय माध्यममार्फत आपत्तिजनक सामग्री प्रसारण गरेको, सार्वजनिक शान्ति तथा सामाजिक सद्भावमा असर पुग्ने अभिव्यक्ति दिएको लगायतका आरोप लगाइएको छ ।
प्रहरीका अनुसार प्रसाईंको बयान प्रक्रिया सोमबार पूरा हुन नसकेपछि अदालतले उनलाई थप अनुसन्धानका लागि हिरासतमै राख्न आदेश दिएको छ । अब उनलाई मंगलबार पुनः अदालत उपस्थित गराइने बताइएको छ ।
Read full story at source (barnanmedia.com)