तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै
rajdhanidaily.com · Thu Sep 10 05:51:17 GMT 2026

कपिलवस्तु । प्राचीन कपिलवस्तुको राजधानी तिलौराकोटको पुरातात्त्विक सम्पदा संरक्षणका लागि किल्ला आसपासका थप जग्गा अधिग्रहण गरिँदै छ । तिलौराकोटलाई विश्व सम्पदा सूचीमा समावेश गर्न आधार तयार गर्ने क्रममा पुरातत्त्व विभागले जग्गा अधिग्रहण प्रक्रिया अघि बढाएको हो ।
विभागका अनुसार किल्ला परिसर बाहिर गरिएको उत्खनन तथा भू–भौतिक सर्वेक्षणबाट प्राचीन संरचनाका भग्नावशेष तथा अन्य पुरातात्त्विक अवशेष भेटिएका छन् । ती संरचनाको अध्ययन, अनुसन्धान तथा संरक्षणका लागि त्यस क्षेत्रका जग्गा आवश्यक परेको हो ।
Read full story at source (rajdhanidaily.com)