तिलौराकोट संरक्षणका लागि थप जग्गा अधिग्रहण हुँदै
canadanepal.com · Thu Sep 10 05:55:14 GMT 2026

काठमाडौं- प्राचीन कपिलवस्तुको राजधानी तिलौराकोटको पुरातात्विक सम्पदा संरक्षणका लागि किल्ला आसपासका थप जग्गा अधिग्रहण गरिने भएको छ । तिलौराकोटलाई विश्वसम्पदा सूचीमा समावेश गराउने तयारीअन्तर्गत पुरातत्व विभागले जग्गा अधिग्रहण प्रक्रिया अघि बढाएको हो ।
किल्ला परिसर बाहिर गरिएको पुरातात्विक उत्खनन तथा भू–भौतिक सर्वेक्षणका क्रममा प्राचीन संरचनाका भग्नावशेष र अन्य महत्वपूर्ण पुरातात्विक अवशेष फेला परेका छन् । ती संरचनाको अध्ययन, अनुसन्धान तथा संरक्षणका लागि सम्बन्धित क्षेत्रका जग्गा आवश्यक भएकाले अधिग्रहण गर्न लागिएको विभागले जनाएको छ ।
Read full story at source (canadanepal.com)