मस्कोको प्रमुख तेल रिफाइनरीमा युक्रेनको दोस्रो ठुलो ड्रोन आक्रमण
lokaantar.com

युक्रेनले बिहीबार बिहानै रुसको राजधानी मस्कोस्थित एक प्रमुख तेल रिफाइनरीमा एकै हप्तामा दोस्रो पटक भीषण ड्रोन आक्रमण गरेको छ। मस्कोको ऊर्जा पूर्वाधारलाई ध्वस्त पार्ने उद्देश्यले युक्रेनले पछिल्लो समय रुसी भूमिभित्रै लामा दूरीका हतियारहरू प्रयोग गरी आक्रमण तीव्र पारेको सीएनएनले जनाएको छ ।
मस्कोका मेयर सर्गेई सोब्यानिनका अनुसार दक्षिण-पूर्वी जिल्ला कापोत्न्यामा रहेको 'मस्को आयल रिफाइनरी'मा कैयौँ ड्रोनहरू ठोक्किएका छन्। सोब्यानिनले मस्कोतर्फ आउँदै गरेका ४८ भन्दा बढी ड्रोनहरूलाई रुसी वायु रक्षा प्रणालीले खसालेको दाबी गरेका छन्। उनले सामाजिक सञ्जाल टेलिग्राममार्फत वायु रक्षा बलले ठुलो आक्रमणलाई विफल पार्न जारी राखेको जानकारी दिएका छन्।
Read full story at source (lokaantar.com)