जेनजी आन्दोलनको एक वर्ष : घाइतेप्रति न न्याय, न वास्ता
newsofnepal.com · Thu Sep 10 06:00:43 GMT 2026

पोखरा । जेनजी आन्दोलन भएको एक वर्ष पुगेपछि पोखरामा गम्भीर घाइते भएकाहरु भेला भए । एक वर्षअघि आन्दोलन शुरु गरिएको सभागृहअघि उनीहरु भेला भएका हुन् । पोखरा सभागृहअघि जेनजी दिवस मनाइरहेका उनीहरु राज्यप्रति भने बेखुशी देखिएका छन् । पोखरामा जेनजी आन्दोलनको क्रममा गम्भीर घाइते हुन पुगेका घाइतेहरुले राज्यबाट पाउनुपर्ने सुविधा अहिलेसम्म पनि नपाएको भन्दै गुनासो गरिरहँदा जेनजीहरुले भने सरकारले आन्दोलनको बलमा सरकार बनाए पनि आन्दोलनको मुद्दालाई बिर्सिएको सुनाए ।
जेनजी आन्दोलन भएको एक वर्ष पूरा हुँदासमेत आफूहरुले राज्यबाट न्यायको अनुभूति गर्न नपाएको र सरकार काठमाडौं केन्द्रित मात्रै भएको उनीहरुको गुनासो छ । गतवर्षको आन्दोलनमा पोखरामा ३ जनाको मृत्यु भएको थियो भने ५६ जना घाइते भएका थिए । जसमध्ये ५ जना गम्भीर घाइते भएका थिए ।
Read full story at source (newsofnepal.com)