‘मेरो डान्स युनिभर्स २’की विजेता रिस्ता गुरुङ अब चलचित्रमा
rajdhanidaily.com · Mon May 25 11:23:04 GMT 2026

काठमाडौं । केही महिना अघि सम्पन्न ‘मेरो डान्स युनिभर्स २’की विजेता रिस्ता गुरुङ पनि चलचित्रमा नायिकाको रूपमा आउँदै छिन् । चन्द्र पन्तको निर्देशनमा बनिरहेको चलचित्र ‘आ बाट आमा २’मा रिस्ता नायिकाको रूपमा अनुबन्धित भएकी हुन् ।
अर्को साताबाट छायांकन सुरु हुने यो चलचित्रमा पल शाह, आकाश श्रेष्ठ, बिपना थापा, प्रदीप रावत, साइग्रेस पोखरेल, गजित बिस्ट, नरेन खड्का मुख्य भूमिकामा छन्। आगामी दसैँमा रिलिज हुने यो चलचित्र ‘आ बाट आमा’को सफलतापछि प्रिक्वेलको रूपमा निर्माण गरिँदै छ ।
Read full story at source (rajdhanidaily.com)