‘वैदेशिक रोजगारीमा पठाइदिन्छु’ भन्दै ठगी गर्ने ३ जना पक्राउ
ratopati.com · Thu Jul 09 16:36:21 GMT 2026

काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा कपिलवस्तुको वाणगङ्गा नगरपालिका-८ घर भएकी ३६ वर्षीया दिलमाया गैरे, भक्तपुरको चाँगुनारायण नगरपालिका-५ घर भएका २८ वर्षीय सन्देश ढुङ्गाना र कास्कीको रूपा गाउँपालिका-१ घर भएका ३० वर्षीय विशाल खवास राना रहेका छन् ।
Read full story at source (ratopati.com)