कांग्रेस संसदीय दलकाे कार्यालयमा विपक्षी दलहरुको बैठक सुरु
ratopati.com · Thu Sep 10 06:09:16 GMT 2026

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विपक्षी दलहरूको बैठक सुरु भएको छ । समसामयिक राजनीतिक परिस्थिति र रसुवामा गएको बाढीले पारेको असरबारे छलफल गर्न कांग्रेसले बोलाएको विपक्षी दलहरूको बैठक सुरु भएको हो ।
बैठकमा कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बे, प्रमुख सचेतक वासना थापा, एमाले संसदीय दलका उपनेता पद्मा अर्याल, नेपाली कम्युनिस्ट पार्टीका सांसद प्रमेश हमाल, प्रमुख सचेतक युवराज दुलाल, श्रम संस्कृति पार्टीका ध्रुवराज राईसहित उपस्थित छन् । बैठकमा ‘रसुवामा बाढीले पुर्याएको क्षति र पछिल्लो समसामयिक राजनीतिक विषयमा छलफल हुने कांग्रेस प्रमुख सचेतक थापाले जानकारी दिइन् ।
Read full story at source (ratopati.com)