नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य
nepalnews.com · Thu Sep 10 06:08:22 GMT 2026
काठमाडौं। मलेसियामा जारी एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्ग आज भएको पहिलो सेमिफाइलन खेलमा नेपालले ओमानलाई फाइनल पुग्न १४८ रनको लक्ष्य दिएको छ।
मलेसियाको बायुमास ओभल क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४५ दशमलव ४ ओभरमा सबै विकेट गुमाएर १४७ रनको योगफल बनायो। नेपालको लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ५१ रन बनाए। उनले ७६ बलमा चार चौकाको सहयोगमा ५१ रन बनाएका हुन्।
Read full story at source (nepalnews.com)