स्वास्थ्य मन्त्रालयको बेरुजु २३ अर्ब ४५ करोड रुपैयाँ
nepalviews.com · Mon May 25 11:36:29 GMT 2026

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको कुल बेरुजु २३ अर्ब ४५ करोड रुपैयाँ रहेको छ । सोमबार सार्वजनिक लेखा समितिको बैठकमा मन्त्रालयका सचिव डा. विकास देवकोटाले मन्त्रालयको कुल बेरुजु २३ अर्ब ४५ करोड रुपैयाँ रहेको जानकारी दिए ।
उनले हालसम्म करिब साढे ४ प्रतिशत बेरुजु फछ्र्योट गरिएको र त्यसपछि बेरुजु रकम २२ अर्ब ७० करोड रुपैयाँमा झर्ने बताए । उनले भने, ‘स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको बेरुजुमा खाद्य स्वच्छतासँग आएका बेरुजुबारे अहिले थाहा छैन । साविकको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बेरुजुको बारेमा कुरा गर्न चाहन्छु । हाम्रो कुल बेरुजु २३ अर्ब ४५ करोड छ । जसमध्ये हामीले करिब साढे ४ प्रतिशत बेरुजु अहिले फछ्र्योट गरेका छौं । जसबाट आउने अंक २२ अर्ब ७० करोड हुन आउँछ । यसमा करिब १३ प्रतिशतभन्दा बढीको हामीले परीक्षणका लागि तयारी गरेका छौं । यस्तो गर्दाखेरि करिब १८ देखि १९ प्रतिशतको बेरुजु फछ्र्योट हुने देखिन्छ । यो चालु आर्थिक वर्षमा ६० प्रतिशत बटाउने लक्ष्य लिइएको छ । गत वर्षहरुमा ५० प्रतिशतभन्दा कम हुने गरेको थियो ।’
Read full story at source (nepalviews.com)