कांग्रेस महाधिवेशन सार्न मिल्दैन : अमरसिंह पुन
ratopati.com · Thu Sep 10 06:19:27 GMT 2026

बुटवल । नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले पार्टीको १५औँ महाधिवेशन अब कुनै पनि हालतमा सार्न नसकिने बताएका छन् । बिहीबार बुटवलमा नेपाली कांग्रेस लुम्बिनी प्रदेश कार्यसमितिले सञ्चालनमा ल्याएको सम्पर्क कार्यालय उद्घाटन गर्दै पुनले कानुनी व्यवस्थाका कारण पनि महाधिवेशन आगामी असोजमै सम्पन्न गर्नुपर्ने अवस्था रहेको बताएका हुन् ।
उनले महाधिवेशनलाई मङ्सिरसम्म सार्ने सम्भावना नरहेको स्पष्ट पारे । अदालतमा मुद्दा विचाराधीन रहेकाले पनि महाधिवेशनको प्रक्रिया थप लम्ब्याउन नमिल्ने उनको भनाइ छ । ‘अर्को पक्षले मुद्दा फिर्ता लिएर सहमति भएको अवस्थामा मङ्सिरसम्म लम्ब्याउन पार्टी नेतृत्वलाई छुट हुन सक्थ्यो । तर अब त्यो सम्भावना टरिसकेको छ,’ पुनले भने ।
Read full story at source (ratopati.com)