अधिकारकर्मीको माग– गृहमन्त्रीले माफी माग्नुपर्छ
barnanmedia.com · Thu Sep 10 06:13:10 GMT 2026

काठमाडौं । अधिकारकर्मीले गृहमन्त्री सुधन गुरुङले पत्रकारविरुद्ध बोलेको धम्कीपूर्ण शब्द फिर्ता लिनुपर्ने र सार्वजनिक रूपमा माफी माग्नुपर्नेमा जोड दिएका छन् । बिहीबार (भदौ २५) विज्ञप्ति जारी गर्दै उनीहरूले गृहमन्त्री गुरुङले यही भदौ २३ गते जेनजी सहिद दिवसका अवसरमा नयाँ बानेश्वरमा आयोजित कार्यक्रममा दिएको अभिव्यक्ति समग्रमा आपत्तिजनक रहेको जनाएका छन् ।
“उक्त अभिव्यक्तिमध्ये पत्रकारविरुद्ध प्रयोग गरेको धम्कीपूर्ण शब्दप्रति हामी खेद व्यक्त गर्दछौँ,” उनीहरूले भनेका छन् ।
Read full story at source (barnanmedia.com)