जैसीलाई प्राधिकरणले १३ लाख ८१ हजार क्षतिपूर्ति दिने
baahrakhari.com · Thu Sep 10 06:31:23 GMT 2026

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले प्रसारण लाइनको तार छुँदा गम्भीर घाइते भएकी सुर्खेतकी रश्मी जैसीलाई १३ लाख ८१ हजार क्षतिपूर्ति दिने निर्णय गरेको छ ।
सुर्खेतको पञ्चपुरी नगरपालिका–२, श्रीचौर कोटधारामा निर्माणाधीन पक्की पुलको उचाइका कारण ११ केभी प्रसारण लाइनको तार छुँदा आठ वर्षीय जैसी गम्भीर घाइते भएकी थिइन् । प्राधिकरणको बुधबार बसेको सञ्चालक समिति बैठकले जैसीलाई १३ लाख ८१ हजार ३७२ रुपैयाँ क्षतिपूर्ति तथा राहत रकम उपलब्ध गराउने निर्णय गरेको हो ।
Read full story at source (baahrakhari.com)