भारतले तेस्रो चरणमा १० टन राहत सामग्री र ११ सदस्यीय टोली नेपाल पठायो
nepalviews.com · Fri Aug 28 15:02:22 GMT 2026

काठमाडौं । भारत सरकारले बाढी तथा विपद् प्रभावित नेपाली नागरिकका लागि तेस्रो पटक राहत सामग्रीसहित ११ सदस्यीय विशेष टोली नेपाल पठाएको छ।
भारत सरकारले शुक्रबार जेनेरेटर सेट, वाटर प्युरिफायरलगायत करिब १० टन राहत सामग्री नेपाल पठाएको हो। विपद् प्रभावित क्षेत्रमा राहत तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउन सामग्रीसँगै स्वास्थ्यकर्मी र विशेष उद्धार टोलीसमेत पठाइएको भारतले जनाएको छ।
Read full story at source (nepalviews.com)