खुल्यो पृथ्वी राजमार्ग, काठमाडौँबाट शनिबार बिहानदेखि सवारी चल्ने
hamrakura.com · Fri Aug 28 00:00:00 GMT 2026

काठमाडौँ । भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीका कारण अवरुद्ध पृथ्वी राजमार्ग सञ्चालन भएको छ । काठमाडौँ उपत्यका ट्राफिक कार्यालयका अनुसार उक्त राजमार्गमा थुप्रिएको लेदो पन्छाएर शुक्रबार साँझदेखि बाटो सञ्चालन गरिएको हो ।
कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक नरेशराज सुवेदीले सडक खुलेसँगै राजमार्गमा अलपत्र सवारीसाधन सुरक्षित गन्तव्यतर्फ पठाउन थालिएको जानकारी दिए । “रातभर लामो समयदेखि राजमार्गमा अड्किएका सवारीसाधनलाई सुरक्षित स्थानतर्फ पठाइनेछ”, उनले भने ।
Read full story at source (hamrakura.com)