पति सम्पर्कविहीनपछि सीताका आँखा अझै ओभानो हुन सकेन
barnanmedia.com · Thu Sep 10 06:36:36 GMT 2026

सीताका आँखा अझै ओभानो हुन सकेको छैन । पति खक्काप्रसाद चौधरी भोटेकोशी बाढीका कारण सम्पर्कविहीन भएको आज १४ दिन बितिसक्दा उनका आँखा ओभानो हुन नसकेका हुन् ।
“यही भदौ १० गते भोटेकोशी बाढीका कारण मेरा श्रीमान् बेपत्ता हुनुभयो”, श्रीमती सीता थारुले गहभरि आँसु झार्दै भन्नुभयो । श्रीमान्को चिन्तामा पीडित सीता दिनरात टोलाएर बस्नुहुन्छ, कतैबाट श्रीमान् टुप्लुक्क आइपुग्नुहुन्छ कि ! सीताको अझै आशा मरेको छैन । दसैँ खर्च जुटाउनका लागि नुवाकोट जानुभएका थियो । उहाँ भन्नुहुन्छ, “घरको मुख्य व्यक्ति श्रीमान् नै बेपत्ता भएपछि सहराविहीन बनेको बताउनुहुन्छ ।”
Read full story at source (barnanmedia.com)