दोहाको र्याडिसन ब्लुमा ‘माइती–चेली’ तीज सांस्कृतिक कार्यक्रम, निःशुल्क प्रवेश
canadanepal.com · Thu Sep 10 06:41:34 GMT 2026

दोहा । तीजको अवसरमा दोहामा सांगीतिक तथा सांस्कृतिक तीज कार्यक्रम हुने भएको छ । दोहास्थित र्याडिसन ब्लु होटल शुक्रबार साँझ ५ बजेदेखि राति ११ बजेसम्म दोहामा विशेष ‘माइती–चेली’ सांगीतिक तथा सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको हो । कार्यक्रम पूर्ण रूपमा निःशुल्क प्रवेशसहित सञ्चालन हुनेछ।
कार्यक्रममा नेपालका प्रख्यात लोक तथा दोहोरी गायक खेम सेन्चुरीको विशेष सांगीतिक प्रस्तुति रहनेछ भने कतारमा स्थापित स्थानीय गायक वीरेन्द्र श्रेष्ठको समेत प्रस्तुति रहनेछ। साथै आयुषा तथा दाना सलोन टिमको भव्य सांस्कृतिक तथा विशेष प्रस्तुति कार्यक्रमको प्रमुख आकर्षण रहनेछ।
Read full story at source (canadanepal.com)