भोटेकोशी बाढीपछि वीरगन्ज नाकामा दैनिक ७० प्रतिशतले आयात बढ्यो
nepalnews.com · Thu Sep 10 06:45:43 GMT 2026

बारा। भोटेकोशी बाढीपछि वीरगन्ज नाकाबाट दैनिक ७० प्रतिशत आयात बढेको वीरगन्ज भन्सार कार्यालयले जनाएको छ। विनासकारी बाढीसँगै रसुवा र तातोपानी भन्सार नाका अवरुद्ध भएपछि चीनबाट आयात हुने कतिपय मालवस्तु अवरुद्ध नाका परिवर्तन गरी वीरगन्जबाट भित्रिन थालेपछि आयात बढेको वीरगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक कृष्णप्रसाद मैनालीले बताए।
“दसैं, तिहार र छठ जस्ता प्रमुख चाडपर्व नजिकिएसँगै लत्ताकपडा, जुत्ता, सजावटजन्य सामग्री, ड्राइ फ्रुट, चकलेटलगायतका मालवस्तु ल्याउँदा आयात बढ्नु स्वभाविक हो” उनले भने, “अन्य महिनाको तुलनामा दसैंमा आयात बढ्ने नै हो, तर यस पटक उत्तरतर्फका प्रमुख दुई नाका अवरुद्ध हुँदा वीरगन्जमा दवाव बढेको छ।”
Read full story at source (nepalnews.com)