मध्यावधि निर्वाचनअघि ट्रम्पको घोषणा– वयस्कलाई ५ हजार डलर ‘लाभांश’
arthasansar.com · Thu Sep 10 06:49:13 GMT 2026

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी नोभेम्बरमा हुने मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीले काङ्ग्रेसका दुवै सदनमाथिको नियन्त्रण कायम राखे प्रत्येक वयस्क अमेरिकी नागरिकलाई पाँच हजार अमेरिकी डलर दिने वाचा गरेका छन् । डालसमा आयोजित रिपब्लिकन मध्यावधि सम्मेलनलाई सम्बोधन गर्दै उनले प्रस्तावित रकमलाई ‘ट्रम्प लाभांश’ को संज्ञा दिँदै रिपब्लिकन विजयी भए नागरिकले त्यसको प्रत्यक्ष लाभ पाउने दाबी गरे । “रिपब्लिकनहरू विजयी भएमा तपाईंहरू पनि हामीसँगै विजयी हुनुहुनेछ र पाँच हजार डलर पाउनुहुनेछ । यसलाई ट्रम्प लाभांश भनिन्छ”, उनले भने ।
राष्ट्रपति ट्रम्पले रकम कहाँबाट जुटाइने हो भन्नेबारे स्पष्ट पारेनन् । प्रत्येक वयस्कलाई पाँच हजार डलर दिँदा राज्यकोषमा पर्ने भार खर्बौं डलर पुग्न सक्ने भए पनि उनले “हाम्रो देशले यति धेरै पैसा कमाउँदैछ” भने । नोभेम्बर ३ को निर्वाचनमा रिपब्लिकनलाई जिताउन समर्थकलाई आग्रह गर्दै उनले आफू मतपत्रमा रहेको कल्पना गरेर मतदान गर्न आह्वान गरे । हालका जनमत सर्वेक्षणमा उनको स्वीकृति दर ३० प्रतिशतको आसपास रहेको र उच्च मूल्यवृद्धि तथा इरानविरुद्धको युद्धप्रति मतदाताको असन्तुष्टि बढिरहेको बताइएको छ ।
Read full story at source (arthasansar.com)