सकुम्बासीको न्यायका लागि संघर्ष समितिद्वारा देशव्यापी आन्दोलनको घोषणा
nepalpress.com · Mon May 25 12:19:48 GMT 2026

काठमाडौं । बस्न दे सरकार ! बाँच्न दे सरकार ! नाराका साथ ‘नेपाल भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासी संरक्षण समिति’ले देशव्यापी संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ । सोमबार काठमाडौंमा भएको पत्रकार सम्मेलनमा समितिले १५ बुँदे माग राख्दै पूरा नभएर सिंहदरबार घेराउदेखि नेपाल बन्दसम्मका कार्यक्रम सार्वजनिक गरेको हो ।
समितिका संयोजक खगेन्द्र पौडेलले लाखौं भूमिहीन–सुकुम्बासी समुदायमाथि वैकल्पिक पुनस्र्थापना, उचित व्यवस्थापन बिना डोजर लगाइएकोले संघर्षमा उत्रिन बाध्य भएको जानकारी दिए । जेठ ३ र ४ गते बुटवलमा भएको विशाल जन प्रदर्शन सहित राष्ट्रिय भेलामार्फत सघर्षका कार्यक्रम तय गरेको र आफूहरुले उठाएका १५ बुँदे माग पूरा नभए सोही अनुरुप संघर्ष चर्काउने पौडेलको चेतावनी छ ।
Read full story at source (nepalpress.com)