ग्यास नपाएपछि सडकमै दाउरामा खाना पकाएर विद्यार्थीले गरे प्रदर्शन
annapurnapost.com · Thu Sep 10 06:55:19 GMT 2026

काठमाडौं : उपत्यकामा खाना पकाउने ग्यासको चरम अभाव भएपछि विद्यार्थीहरूले सडकमा दाउराबाट खाना पकाएर विरोध जनाएका छन् । अखिल (क्रान्तिकारी) आवद्ध विद्यार्थीहरूले बिहीबार काठमाडौंको प्रदर्शनीमार्गस्थित आरआर क्याम्पसको गेट अगाडि सडकमा नै खाना पकाएर विरोध जनाएका हुन् ।
उनीहरूले सडकमा नै खाना पकाएर सडकमा नै खाना खाएका थिए । सरकारले सहज रुपमा ग्यासको आपूर्ति गर्न नसकेपछि विद्यार्थीहरू समस्यमा परेको उनीहरूले जनाएका छन् ।
Read full story at source (annapurnapost.com)