उपत्यकामा २८ वटा रात्रि बस सञ्चालन हुने, छ नयाँ रुट थप
hamrakura.com · Thu Sep 10 00:00:00 GMT 2026

काठमाडौँ। आगामी असोज ३ गतेदेखि काठमाडौँ उपत्यकामा २८ वटा रात्रि बसले ६ वटा नयाँ रुटमार्फत सेवा दिने भएका छन्। कामपाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलको अध्यक्षतामा बसेको रात्रिकालीन यातायात सेवा सञ्चालन गर्ने सम्बन्धी नगरपालिकाका प्रमुख, उपप्रमुख र साझेदार अधिकारीहरूको बैठकले उक्त निर्णय गरेको हो।
संविधान दिवसको अवसर पारेर आगामी असोज ३ गतेदेखि उपत्यकाका विस्तारित ६ वटा रुटमा २८ वटा रात्रिकालीन बसबाट सेवा थप गर्ने निर्णय भएको काठमाडौँ महानगरपालिकाले जनाएको छ। काठमाडौँ महानगरपालिका, ललितपुर महानगरपालिका, चन्द्रागिरि नगरपालिका र बुढानीलकण्ठ नगरपालिकाले साझा यातायातसँगको समन्वयमा गत वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्दै आएका छन्।
Read full story at source (hamrakura.com)