सुशीला कार्कीको अपिल : गाँस काटेर भए पनि सहयोग गरौँ
ratopati.com · Thu Aug 27 08:43:22 GMT 2026

काठमाडौँ । पूर्वप्रधानमन्त्री सुशीला कार्कीले भोटेकोशी बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै सहयोगका लागि अपिल गरेकी छन् । बुधबार रसुवाको भोटेकोसी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवन लगायतका जिल्लामा भएको ठुलो जनधनको क्षति भएको थियो ।
घटनाप्रति कार्कीले गहिरो दुःख व्यक्त गर्दै दुःखको यस घडीमा तपाईंहरू कोही पनि एक्लो हुनुहुन्न भनेकी छन् । ‘यो कुनै एक परिवार, समुदाय वा जिल्लाको मात्र दुःख होइन । यो हामी सबै नेपालीको साझा पीडा हो । विपद्ले जहाँ प्रहार गरेको छ, त्यहाँ हाम्रो साथ, सहयोग र सहारा पुग्नुपर्छ’, उनले भनेकी छन्, ‘यस सङ्कटबाट पार पाउन हामी सबै एक ठाउँमा उभिनुपर्छ, उभिनेछौँ ।’
Read full story at source (ratopati.com)