ओमानलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको फाइनलमा
barnanmedia.com · Thu Sep 10 07:07:01 GMT 2026
काठमाडौँ — ओमानलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको फाइनलमा प्रवेश गरेको छ । बिहीबार मलेसियाको क्वालालुम्पुरस्थित बायुमास ओभलमा भएको सेमिफाइनलमा नेपालले ओमानलाई ८७ रनले हराएको हो । ओमान २८.१ ओभरमै ६० रन बनाउँदै अलआउट भएको हो ।
टस हारेर पहिले ब्याटिङ गरेको नेपाल ४५.४ ओभरमा १४७ रनमै अलआउट भएको थियो । ओपनरद्वय आसिफ शेख ११ र देव खनाल १३ रनमा आउट भए । इशान पाण्डे १ र रोहित पौडेल ३ रनमा आउट भएपछि नेपाल १२ ओभर भित्र ३६–४ को अवस्थामा पुगेको थियो ।
Read full story at source (barnanmedia.com)