नेपाल एसीसी प्रिमियर कपको फाइनलमा, ओमान ८७ रनले पराजित
nagariknews.nagariknetwork.com · Thu Sep 10 07:09:41 GMT 2026
नेपाल एसीसी प्रिमियर मेन्स कपको फाइनलमा प्रवेश गरेको छ। आज मलेसियाको वायोमास ओभलमा भएको सेमिफाइनल खेलमा ओमानलाई नेपालले ८७ रनले पराजित गरेको हो। अब फाइनलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) संग शनिबार खेल्नेछ।
१४८ रनको मध्यम लक्ष्य लिएर मैदानमा उत्रिएको ओमान २८.१ ओभरमा मात्र ६० रनमा समेटियो। ओमानका लागि पूर्वकप्तान जतिन्दर सिंहले २५ तथा जितेन रामानन्दीले १३ रन बनाउन बाहेक अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन्।
Read full story at source (nagariknews.nagariknetwork.com)