भारी वर्षाका कारण गुआङडोङमा करिब ४० हजार मानिस विस्थापित
ratopati.com · Thu Jun 18 08:10:53 GMT 2026

काठमाडौँ । विगत केही दिन देखि दक्षिण चीनको गुआङ्गडोङ प्रान्तका विभिन्न भागहरूमा भएको भारी वर्षाका कारण उक्त क्षेत्रहरूमा बसोबास गर्ने ३७ हजार ६०१ जना बासिन्दाहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको स्थानीय अधिकारीहरूलाई उदृत गर्दै सिन्ह्वाले रिपोर्ट गरेको छ ।
सिन्ह्वाका अनुसार गुआङ्गडोङ प्रान्तमा तेस्रो स्तरको बाढी नियन्त्रण आपतकालीन प्रतिक्रिया र चौथो स्तरको विपद् राहत आपतकालीन प्रतिक्रिया जारी गरी राखिएको छ ।
Read full story at source (ratopati.com)