बलरको शानदार प्रदर्शनमा ओमानलाई ८७ रनले हराउँदै नेपाल फाइनलमा
aarthiknews.com
काठमाडौं। नेपाल एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। बिहीबार मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभलमा भएको पहिलो सेमिफाइनलमा ओमानलाई ८७ रनले हराउँदै नेपाल उपाधि नजिक पुगेको हो।
नेपालले दिएको १४८ रनको लक्ष्य पछ्याएको ओमान २८.१ ओभरमा ६० रनमै अलआउट भयो। सामान्य लक्ष्य पाए पनि नेपाली बलरसामु ओमानका ब्याट्सम्यान खुलेर खेल्न सकेनन्।
Read full story at source (aarthiknews.com)