अगस्टमा विश्वकै उच्च तापक्रम
reportersnepal.com · Thu Sep 10 07:28:04 GMT 2026

पेरिस, २५ भदौ । युरोपेली सङ्घ (इयु) को जलवायु अनुगमन सेवा कोपर्निकसले गत अगस्टलाई विश्वभर रेकर्ड गरिएको सबैभन्दा तातो महिना भएको जनाएको छ । सो अवधिमा समुद्री सतहको तापक्रमसमेत अभूतपूर्व उचाइमा पुगेको र पश्चिमी युरोपले असाधारण गर्मीको सामना गरेको छ ।
कोपर्निकसका अनुसार अगस्टमा विश्वको औसत हावाको तापक्रम १६.९६ डिग्री सेल्सियस पुगेको थियो । यो सन् २०२३ को जुलाईमा कायम भएको अघिल्लो मासिक कीर्तिमानभन्दा ०.०१ डिग्री सेल्सियस बढी हो । अन्तर निकै कम भएकाले दुवै महिनालाई संयुक्त रूपमा सबैभन्दा तातो मानिएको छ ।
Read full story at source (reportersnepal.com)