नन्दप्रसाद जानुका प्रतिष्ठान र इनास यूकेबाट बाढी पीडितलाई राहत सहितको माया [भिडियो]
hamrakura.com · Thu Sep 10 00:00:00 GMT 2026

रसुवा। नन्दप्रसाद जानुका शिवाकोटी प्रतिष्ठान र अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) यूकेले भोटेकोशी प्रलयमा परी जनधन गुमाएका परिवारलाई रसुवामा पुगेर मायास्वरुप राहत सामग्री प्रदान गरेको छ। रसुवाको कालिका गाउँपालिका वडा नम्बर १ राम्चेका ७२ पीडित परिवारलाई राहत सामग्री वितरण गरिएको हो।
फाउन्डेसनका अध्यक्ष अजयबाबु शिवाकोटीले इनास यूके र फाउन्डेसनले जुटाएको सामग्री कालिका गाउँपालिका १ का वडा अध्यक्ष दावा तामाङलाई हस्तान्तरण गरे । राहत सामग्री ग्रहण गर्न पीडित परिवारका आफन्त आएका थिए ।
Read full story at source (hamrakura.com)