हर्मुज जलघाँटीमा इरानद्वारा जहाजमाथि आक्रमण
gorkhapatraonline.com · Thu Sep 10 07:35:15 GMT 2026

इरानले हर्मुज जलघाँटी हुँदै आवतजावत गर्ने जहाजमाथि आक्रमण गर्दै ओमानको खाडी र अरब सागरका केही भागलाई समेत प्रतिबन्धित क्षेत्रमा समेटेपछि अमेरिका-इरान तनाव थप चर्किएको छ । इरानी रिभोलुसनरी गाड्र्सले बुधबार दुई अमेरिकी जहाज, आठ तेल ट्याङ्कर र १० वटा निर्देशन पालना नगरेका जहाजमाथि कारबाही गरेको जनाएको छ ।
गाड्र्सका प्रवक्ता हुसेन मोहेबीले प्रतिबन्धित क्षेत्रमा समन्वय नगरी प्रवेश गर्ने जहाज कारबाहीको दायरामा पर्ने बताउनुभयो । इरानले हर्मुज जलघाँटी प्रयोग गर्ने जहाजले अनुमति लिन र पारवहन शुल्क तिर्नुपर्ने व्यवस्था गरेको छ । तेलको मूल्य प्रतिब्यारेल १०० डलरभन्दा माथि पुगेको छ । ब्रेन्ट कच्चा तेलको मूल्य बुधबार १०१.२१ डलरमा बन्द भएको थियो । हर्मुज जलघाँटीबाट सामान्यतया विश्वको तेल तथा तरलीकृत प्राकृतिक ग्यासको करिब पाँचौँ भाग ओसारपसार हुनेगर्छ ।
Read full story at source (gorkhapatraonline.com)