बागलुङ नगरमा सातसय २७ जनालाई अपाङ्गता परिचयपत्र
gorkhapatraonline.com · Thu Sep 10 07:43:56 GMT 2026

बागलुङ नगरपालिकाका सातसय २७ जनाले अपाङ्गता परिचयपत्र प्राप्त गरेका छन् । तीमध्ये २ सय ८ जनाले पूर्णअशक्त अपाङ्गता ‘क’, ३ सय ५६ जनाले अतिअशक्त अपाङ्गता ‘ख’, एकसय ४० जनाले मध्यम अपाङ्गता ‘ग’ र २३ जनाले सामान्य अपाङ्गता ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त गरेका हुन् ।
नगरपालिकाका उप–प्रमुख राजु खड्काका अनसार, आर्थिक वर्ष २०८२–८३ मा २८ जना अपाङ्गता परिचयपत्र वितरण गरिएको छ । ४ जनालाई ‘क’, १५ जनालाई ‘ख’, ५ जनालाई ‘ग’ र ४ जनालाई ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्रदान गरिएको हो ।
Read full story at source (gorkhapatraonline.com)