बागमती प्रदेशसभामा राप्रपाका ५ सांसदलाई पदमुक्त नगर्ने निर्णय
ratopati.com · Thu Sep 10 07:45:34 GMT 2026

मकवानपुर । बागमती प्रदेशसभा सचिवालयले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ५ जना प्रदेशसभा सदस्यहरूलाई पदमुक्त गर्न गरिएको सिफारिसलाई अस्वीकार गरेको छ। पूर्व सभामुख भुवन कुमार पाठक सहित ५ जनालाई पदमुक्त गर्न गरिएको राप्रपाको सिफारिसमा उपसभामुख अप्सरा चापागाईंले पदमुक्त नगर्ने निर्णय गरेकी हुन् ।
राप्रपा संसदीय दल बागमतीका प्रमुख सचेतक डम्बर तामाङले पार्टीका ५ सांसदलाई पदमुक्त गर्न सचिवालयमा दिएको पत्रमाथि कारबाही गर्दै उपसभामुख चापागाईंले उनीहरू पदमुक्त नहुने निर्णय गरेकी हुन् । कारबाहीका लागि सिफारिस गरिएका सांसदहरूमा पूर्व सभामुख पाठक सहित कुमारी तामाङ, लक्ष्मी घिमिरे, धनेश्वरी प्रजापति र आशा लामा रहेका छन्। प्रमुख सचेतक तामाङले भदौ २४ गते उनीहरूलाई पदमुक्त गर्न सचिवालयमा पत्र दर्ता गराएका थिए ।
Read full story at source (ratopati.com)